पानीमा खेलबाड गर्ने उद्योगमा सिलबन्दी गरेर तीन लाख जरिवाना

पानीमा खेलबाड गर्ने उद्योगमा सिलबन्दी गरेर तीन लाख जरिवाना

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको एक पानी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । पिउन अयोग्य पानी बेचेको प्रमाण भेटिएपछि विभागले पाटन औध्योगिक क्षेत्रभित्र सन्चालित अन्नपूर्ण इन्डष्ट्रिजलाई जरिवाना तिराएको हो ।

उक्त उद्योगद्वारा उत्पादिन पानीको नमूना संकलन गरी असार १० गते परीक्षणका लागि पठाइएको थियो । असार १६ गते प्राप्त परीक्षण प्रतिवेदनमा पानीको गुणस्तर घटबढ भई पिउन अयोग्य देखिएको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन,२०७५ दफा ३९, उपदफा १ को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गराउनुका साथै उक्त उद्योगबाट उत्पादित परीक्षणका लागि पठाएको ब्याच नम्बरका सबै मीनरल वाटर उत्पादकलाई बजारबाट फिर्ता गर्न पनि लगाएको छ ।

त्यस्तै,गुणस्तर कायम भएको प्रमाणपत्र पेश नगरुञ्जेलका लागि उद्योग सिलबन्दी गरेको जनाइएको छ ।

टिप्पणीहरू