भारतीय राजदूतलाई भ्याईनभ्याई
नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव एक सातादेखि राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुसँग नियमित भेटघाटमा हुनुहुन्छ । उहाँले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि शिष्टाचार भेट थाल्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग सोहीदिन साँझ भेट गरेर थाल्नुभएको उक्त क्रम आज पनि जारी छ । आज उहाँले ऊर्जा, जलस्रोत तथा सिन्चाइमन्त्री पम्फा भुसालसँग भेट गर्नुभयो । उहाँहरुबीच बिहान साढे ११ बजे मन्त्रालयमा भेटवार्ता भएको हो ।
मन्त्रीको राजदूतसँग भेटबारे परराष्ट्र मन्त्रालयलाई समेत खबर गरिएको परराष्ट्रलाई लेखिएको पत्रमा समेत उल्लेख छ ।
टिप्पणीहरू