मालढुंगामा पहिरो खस्दा सडक अबरुद्द

मालढुंगामा पहिरो खस्दा सडक अबरुद्द

मध्य पहाडी लोकमार्गअन्तर्गत पर्वतस्थित मालढुंगा–बेनी खण्डमा पहिरो जाँदा आज बिहान पाँच बजेदेखि सडक अवरुद्द भएको छ ।

कुश्मा नगरपालिका–१ मालढुंगाबाट बेनीतर्फ करिब तीन सय मीटर अगाडि पहिरो खसेकाले सडक पूरै अवरुद्द भएको हो । अहिले सडक खुलाउने काम भइरहेको कुश्मा नगरपालिका-१ का वडा अध्यक्ष खगराज पौडेलले जानकारी दिए । दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको र आज दिनभरिमा सडक खुल्ने उनले बताए ।

अस्थाई प्रहरी पोष्ट मालढुङगाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

टिप्पणीहरू