अर्थमन्त्रालयको सिसिटिभी काण्ड छानबिन गर्न समिति गठन
अर्थमन्त्री जनार्दन शर्माबारे उठेको विषयमा छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
सोही विषयलाई सम्बोधन गर्न आज समिति बनाउन लागिएको हो । समितिमा एमालेको तर्फबाट चार जना, काँग्रेस र माओवादी केन्द्रको तर्फबाट दुई दुई जना सदस्य रहने छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट एक एक जना सदस्य सहभागी हुने बताइएको छ ।दलको तर्फबाट सहभागी हुने सदस्यको नाम सिफारिसपछि प्रतिनिधिसभाको बैठकमा ती नाम घोषणा हुनेछ ।
टिप्पणीहरू