आधा दर्जन एसएसपीको सरुवा, काठमाडौँमा बोहोरा

आधा दर्जन एसएसपीको सरुवा, काठमाडौँमा बोहोरा

गृह मन्त्रालयले नेपाल प्रहरीका छ जना एसएसपीको सरुवा गरेको छ । आज मन्त्रीस्तरीय निर्णयबाट काठमाडौँ प्रहरी प्रमुखसहित उनीहरुको सरुवा भएको हो ।

जसअनुसार काठमाडौं जिल्ला प्रहरी प्रमुखमा भरत बोहरालाई लगिएको छ भने जनक भट्टराई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका छन् । अनुराग सुवेदीलाई मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा पठाइएको छ ।

त्यस्तै, अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसी र लागूऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाललाई सरुवा गरिएको छ । एसएसपी कुवेर कडायतलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा लगिएको छ ।

टिप्पणीहरू