बसपार्क पोखरामा, हस्तान्तरण सिंहदरबारमा

बसपार्क पोखरामा, हस्तान्तरण सिंहदरबारमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गर्नुभएको हो ।

पर्यटकीय शहर पोखरास्थित राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९ सय वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० बस, १० माइक्रोबस र २० ट्याक्सी पार्किङ गर्न मिल्छ ।

मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

टिप्पणीहरू