ज्ञानेन्द्रको जन्मदिन मनाउन बाजा बजाएर निर्मल निवासतिर निस्किए पूर्व राजावादी
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादीहरुको एउटा समूह बाजा बाजा बजाउँदै निर्मल निवासतर्फ लागेको छ । ज्ञानेन्द्रको ७६औँ जन्मोत्सवको उपलक्ष्यमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आयोजना गरेको कार्यक्रममा भाग लिन उक्त समूह बिहान पौने ११ बजेतिर जुलुससहित निर्मल निवास निस्किएको हो ।
महाराजगन्जस्थित भाटभटेनी अगाडि जम्मा भएका मोर्चाका अध्यक्ष तारानाथ लुइँटेल नेतृत्वको टोली राष्ट्रिय झण्डा बोकेर ज्ञानेन्द्रको फोटो अंकित ब्यानरसहित कार्यक्रमस्थलतर्फ हिँडेको हो । टोलीमा मोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजङ्ग रायमाझी, कार्यक्रम संयोजक कृष्ण लुइँटेल,महामन्त्री सकुल शाह,सन्तोष राजावादीलगायात करिब दुई दर्जन सहभागी छन् ।
सो क्रममा उनीहरुले पूर्वराजा र राजतन्त्रको पक्षमा चर्को नारावाजी गरेका थिए । ‘हिन्दू अधिराज्य नेपाल पुन: स्थापना गरौं !’,’जय वाग्मती,जय गुजेश्वरी, पशुपतिनाथ धर्मको जय होस्,अधर्मको नाश होस्’,’हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’ लेखिएका ब्यानर बोकेर निर्मल निवास हिँडेको टोलीले त्यहाँ पुगेर पूर्वराजा ज्ञानेन्द्रको तस्विरमा फूलमाला चढाउने छ ।
टिप्पणीहरू