चालु आर्थिक वर्षको भुक्तानी प्रणाली बन्द

चालु आर्थिक वर्षको भुक्तानी प्रणाली बन्द

महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी प्रणाली बन्द गर्ने भएको छ । कार्यालयले हिजो एक सूचनामार्फत सरकारी कार्यालयहरुको हकमा भुक्तानी निकासी प्रणाली आइतबारदेखि बन्द गर्ने भनेको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आगामी आइतबारदेखि बन्द हुने कार्यालयले जानकारी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार सम्बन्धित कार्यालयका लागि भुक्तानी प्रणाली बन्द गरिने उक्त सूचनामा उल्लेख छ ।

‘आव २०७८/०९ को भुक्तानी निकासा नेपाल सरकारका कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार भुक्तानी प्रणाली बन्द हुने व्यहोरा सम्बन्धित कार्यालय र स्थानीय तहहरुलाई जानकारी गराउन महालेखा नियन्त्रक कार्यालयको मिति २०७९/०३/२२ को निर्णयानुसार अनुरोध छ‘, सूचनामा लेखिएको छ ।

टिप्पणीहरू