अर्थमन्त्रीको राजीनामापछि राति जो खुमलटार पुगे

अर्थमन्त्रीको राजीनामापछि राति जो खुमलटार पुगे

हिजो अपरान्ह अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा नेताहरु दौडँदै पुगेका छन् । साँझ ७ बजे पुगेका नेताहरुबीच पौने ८ बजेदेखि राति साँढे १० बजेसम्म भेटवार्ता भयो । छलफलमा अध्यक्ष दाहाल,नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,वर्षमान पुन,देव गुरुङ,हरिबोल गजुरेल, राम कार्की,लीलामणि पोखरेल,हितमान शाक्य, दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल सहभागी थिए ।

त्यसैगरी, ऊर्जामन्त्री पम्फा भुसाल,शिक्षा मन्त्री देवेन्द्र पौडेल, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी ‘सोनाम’, सुदूर पश्चिमाञ्चल प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि छलफलमा पुगे । त्यहाँ मुलुकको राजनीतिमा उत्पन्न परिस्थिति,आफ्नै मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था र राजधानीमा जारी केन्द्रीय समिति बैठकको समापनबारे छलफल भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू