नागरिकता विधेयक आज पेश हुने
सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक (संशोधन सहित) पेश गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले पुरानो विधेयक फिर्ता गरेर नयाँ विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो । विगतमा राजनीतिक दलसँग सहमति भएका बुँदालाई मात्रै समेटेर नयाँ नागरिकता विधेयक पेश गर्न लागिएको हो । विधेयक लामो समयदेखि विवादमा परेका कारण अघि बढ्न सकेको थिएन ।
नागरिकता विधेयक संसद्बाट पारित गराउन मुख्यतः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेस केन्द्रित दलले सरकारलाई ज्ञापनपत्रमार्फत दबाब दिएका छन् । हिजोको संसद बैठकमा सहभागी हुन पुगेका लोसपा नेता राजेन्द्र महतोले नयाँ नागरिकता विधेयक आज प्रतिनिधि सभा बैठकमा पेश गर्न लागिएको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको बताएका थिए ।
टिप्पणीहरू