विश्वमा भोकमरी बढ्दै, अहिले १५ करोड मानिस भोकै
विश्वका १५ करोड मानिस भोकमरीमा परेका छन् । कोरोना महामारी र युक्रेन युद्धका कारण १५ करोड मानिस भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेन संकटले आगामी महिनाहरुमा विश्वका धेरै मुलुक अनिकाल र भोकमरीबाट गुज्रनुपर्ने चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ ।
राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लूएफपीका कार्यकारी निर्देशक डेभिड बिस्लेले युक्रेन संकटकका कारण खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्यवृद्धिले विश्वका धेरै वटा देशलाई अनिकालमा धकेल्ने खतरा रहेको बताए । उक्त प्रकोप रोक्न आजैदेखि सबैले काम गर्न उनले आग्रह पनि गरेका छन् ।
टिप्पणीहरू