अर्थमन्त्रीपछि राजीनामा दिने पालो प्रधानमन्त्रीको
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिने भएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीका नेता जोन्सनले पदीय जिम्मेवारी छाडेर मार्ग प्रशस्त गर्न लागेका हुन् ।
तर आगामी शरद ऋतु अर्थात असोज–कात्तिकमा हुने संसदीय निर्वाचनपछि पार्टीले नयाँ नेतृत्व चयन गर्ने र त्यतिञ्जेलसम्म उनी कामचलाउ प्रधानमन्त्री बन्ने योजना बनाइएको बताइन्छ । प्रधानमन्त्री कार्यालयको स्रोतलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘प्रधानमन्त्रीले आजै अबेरसम्ममा राजीनामाको घोषणा गर्नुहुनेछ ।’
त्यहाँका अर्थमन्त्री ऋषि सुनाकले हिजो राजीनामा दिएका थिए । आज स्वास्थ्यमन्त्री सजिद जाभेदले राजीनामा दिएका छन् ।
टिप्पणीहरू