विश्वकै कान्छो सगरमाथा आरोही रहेनन्

विश्वकै कान्छो सगरमाथा आरोही रहेनन्

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका शम्भु तामाङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ६८ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा आज निधन भएको हो ।

उनले साढे १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए । तामाङको मूल घर सिन्धुपाल्चोकको रिस्यांखु हो । उनी परिवारसहित काठमाडौंको महाराजगञ्जमा बस्दै आएका थिए । उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका हुन् ।

टिप्पणीहरू