आफूले प्रयोग गर्ने गाडी बेचेर रोलर किन्ने मेयर साम्पाङको घोषणा

आफूले प्रयोग गर्ने गाडी बेचेर रोलर किन्ने मेयर साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो लागि किनिएको गाडी बेचेर बाटो बनाउने काममा प्रयोग हुने रोलर किन्ने बताएका छन् ।

हर्कले सामाजिक सञ्जालमार्फत् सडकका खाल्डाखुल्डी पुर्न र साना पिचमा प्रयोग हुने रोलर किन्ने घोषणा गरेका हुन् । ‘मेयरलाई भनेर किनिएको स्कार्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो ।
आज कार्यपालिकाले ताली बजाएर अनुमोदनसमेत गरिदिएको छ । जय धरान,’ उनले फेसबुकमा लेखेको स्ट्याटस यही हो ।

उनको उक्त प्रस्तावलाई हिजो बसेको कार्यपालिका बैठकले स्वागतयोग्य काम भन्दै ताली बजाएर अनुमोदन गरेको छ ।

साम्पाङले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका हुन् ।

टिप्पणीहरू