एउटा रुख बचाउन केसम्म गरिएन ?

एउटा रुख बचाउन केसम्म गरिएन ?

बेइजिङमा ३ हजार ५ सय वर्ष पुरानो साइप्रेसको रूखले फेरि जीवन्तता पाएको छ। राजधानी बेइजिङ्गको उपनगर मियुं जिल्लामा रहेको ३ हजार ५ सय वर्ष पुरानो रुखमा अब कोपिला लाग्न थालेको छ भने उसले आफ्नो जीवन शक्ति पुनः प्राप्त गरेको छ । संरक्षणविद्हरुले सरकारको यस प्रयासलाई धन्यवाद दिएका छन् ।

राजधानीको सबैभन्दा पुरानो मानिने यस रुखको उचाइ ११.५ मीटर छ भने हाँगाको परिधि करिब ८.२ मीटर रहेको छ। यसको विशाल हाँगालाई घेराउन नै नौजना वयस्क व्यक्ति हातमा हात मिलाएर उभिनुपरेको थियो, मियुंको वन तथा पार्क ब्यूरोसँग काम गर्ने जियाङ सिनले भने।

जियाङ भन्छन् “रूख एक समय छेउछाउको ढुङ्गाको बार र छेउमा सिमेन्टेड सडकको कारणले बाँच्नको लागि संघर्ष गरिरहेको थियो जसले गर्दा यसको जरा बढ्नबाट रोकिएको थियो र परिणामस्वरूप यो रुख कुपोषणले ग्रस्त थियो।”

यो प्राचीन रूखलाई बचाउन बेइजिङ म्युनिसिपल फरेस्ट्री एण्ड पार्क्स ब्यूरो,चाइनिज एकेडेमी अफ साइन्सेजको वनस्पति विज्ञान इन्स्टिच्युट र बेइजिङ फरेस्ट्री युनिभर्सिटीका वनस्पतिविद् र विज्ञहरूले उक्त रूखको राम्ररी जाँच गर्न स्थलगत भ्रमण गरेका थिए।

“यो रुखको लागि ठाउँ बनाउन रुखतिर परेको सडकलाई टाढाबाट पुन: रुट गर्ने र करिब १४ सय वर्ग मीटर क्षेत्रफल ओगटेका भवनहरू भत्काउने निर्णय गर्यौं,” जियाङले भने।

बेइजिङ इन्स्टिच्युट अफ ल्यान्डस्केप आर्किटेक्चरका विज्ञ कङ्ग रिचेनले राडारबाट जोडिएको जराको विशिष्ट विवरण पत्ता लागेको र चार दिनको सावधानीपूर्ण प्रयासपछि यस वर्षको मार्चमा रुखको वरपर रहेका ढुङ्गाको बार भत्काइएको बताए । अहिले रुखको वरिपरि एउटा पार्क बनाइएको छ, र वन इकोसिस्टम सिर्जना गरी बिरुवाको वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरिएको छ। अहिले यो पार्क फुर्सद र मनोरञ्जन गर्ने ठाउँ बनेको छ र यसले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि मद्दत गरेको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू