जापानका पूर्वप्रधानमन्त्री शिन्जोमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जोमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबेलाई सडकमा गोली हानिएको छ । ढलेको स्थानबाट हस्पिटल पुर्याइएको छ ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका शिन्जो पर्सि हुने संसदको माथिल्लो सभाको चुनावी र्यालीमा सहभागी हुने क्रममा थिए । र्यालीलाई सम्बोधन गर्ने क्रममा उनीमािथ गोली प्रहार भएको बताइएको छ ।

बन्दुक र गोली प्रहारको घटनामा शून्य सहनशीलता अपनाएको जापानमा आज अकल्पनीय दुर्घटना भएको हो । विश्वमा जापान सबैभन्दा कम गोलीकाण्ड हुने मुलुकमा पर्छ ।

यसअघि सन् २०१४ मा भएको गोली प्रहारको घटनामा छ जना र सन् २००६ मा दुई जनामाथि गोली हानिएको थियो । १२ करोड ६० लाख जनसंख्या भएको जापानको १९५८ को कानुनले बन्दुक बोक्ने कार्यलाई गम्भीर अपराध मानेको छ ।

जापानले हातमा बोकेर हिँड्ने साना हतियारमाथि कडा प्रतिबन्ध लगाएको छ । तर पनि आज त्यस्तै हतियार पूर्वप्रधानमन्त्रीमाथि प्रयोग भएको छ ।

अबेमाथि भएको गोली प्रहारको विश्वका नेताहरुले खेद प्रकट गरेका छन् ।

(यससम्बन्धी केही समयअघि प्रकाशित समाचारमा असावधानीवशः केही शव्द पर्न गएकोमा सच्चाइएको छ ।)

–सम्पादक

टिप्पणीहरू