कालोमोसो दलेपछि अध्यक्षलाई अर्को चेतावनी

कालोमोसो दलेपछि अध्यक्षलाई अर्को चेतावनी

समैजी कैलाश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मैडेलाई भ्रष्टाचार गरिएको रकम एक महिनाभित्र रकम फिर्ता गर्न म्याद दिइएको छ । सांकेतिक कारबाहीस्वरुप अध्यक्षलाई हिजो राति कालोमोसो दलिएपछि उक्त चेतावनी दिइएको हो ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला समिति, डडेल्धुराले आगामी साउन २४ गतेभित्र भ्रष्टाचार गरिएको रकम फिर्ता गर्न निर्देश गरेको छ । सामुदायिक वन कोषको २२ लाख रुपैयाँ हिनामिना गरिएको भन्दै जिल्ला संगठन समितिअन्तर्गत न्यायिक समितिमा जाहेरी परेको थियो ।अनुसन्धानको क्रममा उनले कीर्ते कागज बनाई भ्रष्टाचार गरेको खुलेको हो । समितिका अन्य पदाधिकारीको नक्कली हस्ताक्षर गरी उनले २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको देखिन आएको बताइन्छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा एक महिनाभित्र रकम फिर्ता नगरे कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू