कनकमणिको हातभरि साँचो र साझा बसको नम्बरप्लेट

कनकमणिको हातभरि साँचो र साझा बसको नम्बरप्लेट

वरिष्ठ पत्रकार कनकमणिले बोकेका यी साँचो र नम्बरप्लेटका झुप्पा कुनै होटल वा रिसोर्टका होइनन् । यी त हिजोदेखि साझा यातायातले सञ्चालन गरेको विद्युतीय बसका हुन् ।

हिजोदेखि साझाले उपत्यकाका विभिन्न रुटमा तीन वटा बिजुली बस गुडाउन थालेको छ । सोही क्रममा उनले तीन वटा बसका साँचो र नम्बरप्लेट बोकेका हुन् । त्यही क्षणको खुशी साट्न साझाको अध्यक्षसमेत रहेका दिक्षितले उक्त तस्बिर फेसबुकमा पोष्टाएका हुन् ।

संसारभर पेट्रोलियम पदार्थको भाउ अकाशिएका बेला हिजोदेखि उपत्यकामा साझाका बिजुली बस गुड्नुले एउटा फरक सन्देश पनि दिएको छ । आगामी दिनमा साझाले थप ३७ वटा विद्युतीय बस ल्याउने तयारी छ ।

अर्कोतर्फ निजी क्षेत्रले भने ठूला बिजुली बसमा लगानी गर्न चासो देखाएको छैन । वातावरण प्रदूषणरहित बनाउन र महँगो पेट्रोलियम पदार्थ खपतमा नियन्त्रण गर्न सबैको उत्तिकै भूमिका हुनुपर्ने भएकाले निजी क्षेत्रले पनि विद्युतीय बसमा लगानी गर्न ढिला गर्न नहुने बताइन्छ ।

टिप्पणीहरू