जंगीअड्डा पुगे भारतीय राजदूत
दुई साताअघि काठमाडौँ ओर्लिएर ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जंगीअड्डामा गई उनले प्रधानसेनापतिलाई भेटेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
सम्भवत: यो भेटघाटपछि अब भारतीय सेनाप्रमुख मनोज पाण्डेको नेपाल भ्रमण तयारी शुरु हुनेछ । दुई देशका सेनापतिलाई रास्ट्रपतिको हातबाट मानार्थ सेनापतिको उपाधी दिने चलन छ ।
हिजो राजदूत श्रीवास्तवले उपराष्ट्रपति नन्दकिशोर पुन पासाङसँग भेटवार्ता गरेका थिए ।
टिप्पणीहरू