गर्न नहुने काम गरेका नेकपा एसका नेता समातिए

गर्न नहुने काम गरेका नेकपा एसका नेता समातिए

नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवासंघका केन्द्रीय सचिवालय सदस्य टीकाराम नेपाली बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाको जाहेरीका आधारमा प्रहरीले उनलाई आज समातेको हो ।

२५ वर्षीय ती युवतीले आफूलाई नेपालीले जवर्जस्ती गरेको भन्दै हिजो प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसैका आधारमा प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले ठमेलको होटल एक्सेसबाट उनलाई समातेको हो ।

उनीविरुद्ध जबरजस्ती करणी कसूरमा जाहेरी दर्ता भइसकेको वृत्तको मुद्दा शाखाले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका नेपाली नेकपा एसका धादिङ जिल्ला कमिटी सदस्य पनि हुन् ।

टिप्पणीहरू