दुबसुको चैन–कता गयो दुरूपयोग रोक्ने ऐन ?
परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकोल डा. दुर्गाबहादुर सुबेदी (दुबसु) पदीय दुरूपयोग गर्दै सामाजिक भेला गराउनमा व्यस्त देखिन्छन । उनले जुन १० तारिखमा फिल्म प्रदर्शन र कक्टेल डिनर पार्टीको आयोजना गर्दा दिएको निम्तो कार्डमा पदको दुरूपयोग गर्दै राष्ट्रिय निशान छापको दुरूपयोग गरेका थिए ।
व्यक्तिगत तवरबाट आयोजना गरिने कामहरूमा पद भजाउन र राष्ट्रिय निशान छापको दुरूपयोग गर्न पाइन्न । सो निम्ता कार्डमा दरवारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म र दरवार मलको ककटेल डिनरमा सहभागी हुन भनिएको छ ।
र, उपस्थित हुन नसक्ने अवस्थामा कार्यालयको ल्याण्डलाइन टेलिफोन नम्बर ०१४२११५७७ र इमेल उचयकभअ२mयाब ।नयख ।लउ मा सूचित गर्न आग्रहसमेत गरिएको छ । केही दिनअघि पनि उनैले २५ सौं वैवाहिक उत्सव होटल ¥याडिसन्मा मनाएका थिए ।
उनले सो समारोह होटल मालिकसमेत रहेका कुनै मुलुकका कन्सुलेटर जनरल बिके श्रेष्ठलाई प्रायोजन गर्न लगाएको बताइन्छ । त्यसबेला पनि निशानछापसहितको निम्तो कार्ड छ । र, सह–प्रायोजकको भूमिका बदनाम अर्का महावाणिज्यदूत सुलभ अग्रवालहरूले लिएको दाबी स्रोतले गरेको छ ।
सुलभ अग्रवालले मुलुकमा कोभिड १९ जस्तो गम्भीर संकटको बेला पदप्रतिष्ठाको दुरूपयोग गर्दै ज्वरो नाप्ने मेसिनको कालोबजारी गर्नुका साथै कैयौं गुणा महँगोमा बेच्दाबेच्दै पक्राउ परेका थिए ।
उनलाई प्रहरीले पक्रेपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशी दूत रहेका व्यापारीहरूले गाडीमा झण्डा राख्न नपाउने नीति बनाएका थिए । तर दुबसुले अहिलेका परराष्ट्र मन्त्री डा. नारायण खडकालाई लोलोपोतो घसेर झण्डा राख्न पाउने व्यवस्था फर्काएको ऋण अहिले यस्तै यसतै भोजभतेर मार्फत् उठाइरहेको बताइन्छ । बेलायतमा झण्डै ५ वर्ष बिताएर फर्केका दुबसु छिटै जापानमा राजदूत बनेर जाँदैछन् ।
नेपालको वाणिज्य दूतहरूमा अधिकांश मारवाडी व्यापारी घरानाका व्यक्तिहरूको पहुँच छ । झण्डा, सिडी नम्वर प्लेट अर्थात् कूटनीतिक नियोगका नम्बर प्लेटका सवारी साधनहरू प्रयोग गर्दै रवाफका साथ सिंहदरबार प्रवेश गर्छन् र व्यवसायिक कामहरू फत्ते गर्छन् । यस्ता कन्सुलेट जनरलहरूले मुलुकलाई कति योगदान पुर्याएका छन् भन्ने कुराको लेखाजोखा गर्ने हो भने केही देखिन्न । तर सुविधा भने यिनले विशिष्ट र रवाफिलो पाएका छन् ।
केहीलाई जिम्मेवारी थप
परराष्ट्र मन्त्रालयका केही सह–सचिव राजदूत भएर गएपछि बाँकी ७ जना सहसचिवले थप जिम्मेवारीसहित विभाग र महाशाखाहरू सम्हाल्ने भएका छन् । सहसचिव सुरेन्द्र झा राहदानी (पासपोर्ट) विभाग गएका छन् ।
राष्ट्रपति कार्यालयका सुधिर भट्टराईलाई भारतसहित दक्षिण एशियाको जिम्मेवारी थपिएको छ । भरत रेग्मी अष्ट्रिया गएपछि नीति तथा योजना विभाग खाली हुनेछ । कन्सुलर विभागमा कार्यरत धनबहादुर ओलीले पनि थप जिम्मेवारी सम्हाल्नुपर्ने भएको छ ।
प्रशासन हेर्ने काम घनश्याम लम्सालले सम्हालेका छन् । हरिश्चन्द्र म्यान्मारको राजदूत भएपछि पश्चिम एशिया, अफ्रिका र सेन्ट्रल एशिया महाशाखाको जिम्मेवारी तेजबहादुर क्षेत्रीले पाएका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राई माघ, फागुनतिर फिर्ता आउने छन् ।
लोकबहादुर थापा चिफ अफ प्रोजोकोल या युएन जान इच्छुक देखिन्छन् भने उनी सरुवा भएपछि चीन, जापान, कोरियालगायत देश कसले हेर्ने भन्ने टुंगो छैन । प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्र, इन्टरनेशलन अर्गनाइजेशन एण्ड इन्टरनेशनल लसमेत हेर्दै आएकोमा उनको जिम्मेवारी अब कता सर्ने हो निधो छैन ।
टिप्पणीहरू