प्रधानमन्त्री निवासमा मौद्रिक नीतिबारे छलफल !
विश्वका सबै मुलुकका सरकारले मुलुकको बजेट घोषणा गर्छ । ती मुलुकका केन्द्रीय बैंकले घोषित बजेटलाई सहयोग पुग्ने गरि मौद्रिक नीति सार्वजनिक गर्छन् ।
तर आगामी मौद्रिक नीतिको बारे कुरा गर्न उद्योगी, व्यवसायीहरु बालुवाटार पुगे पनि नेपाल राष्ट्र बैंकमा छिरेनन् । उनीहरु सोझै प्रधानमन्त्री निवास गएका हुन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय भन्दै आफ्ना कुुरा राखेका हुन् ।
टिप्पणीहरू