चीन र भारतका विदेशमन्त्री आमने सामने

चीन र भारतका विदेशमन्त्री आमने सामने

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इण्डोनेसियाको बाली सहरमा हिजो भेटवार्ता भएको हो ।

उहाँहरु दुवैजना जी २० को सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको हो । सो अवसरमा उहाँहरुबीच रुस–युक्रेन युद्धबारे छलफल भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्रीले युक्रेनयुद्धको कारण विश्वमा देखापर्नसक्ने शीतयुद्धको अवस्थालाई अहिले नै रोक्नुपर्नेमा जोड दिनुभएको छ । दुवै देशले युक्रेन समस्या समाधानको निम्ति वार्ता प्रक्रिया शुरु गर्नुपर्ने धारणा राखेका छन् ।

टिप्पणीहरू