भुसको आगो झैं वाम आन्दोलनभित्र यौन काण्ड
नेपालभरका जेलमा रहेका कूल २८ हजार कैदी,वन्दीमध्ये सबैभन्दा धेरै कुन मुद्दाका होलान् अन्दाज गर्नोस् त ! झण्डै ६ हजारको संख्यामा छन् जवर्जस्ती करणी या यौन दुराचारमा सँलग्नहरु । यो यस्तो प्रकरण हो जसले वाद,विचार,धर्म,सम्प्रदाय,रुप,रङ्ग,उमेर,धनी गरिव भन्दैन । यस्तै केसको पछिल्लो उदाहरण हो जो स्वअनुशासित भनिएको वाम आन्दोलन (साहित्य पोस्ट) सङ्ग जोडिएको छ । कवि,लेखक तथा पत्रकारको परिचय बनाएका संगीत श्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । ‘वाम’ विचारधाराकी लेखिका तथा राष्ट्रिय दैनिकमा स्तम्भकारसमेत रहेकी एक युवतीले श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
०७२ मा ती लेखिकाको किताब सम्पादनका क्रममा श्रोताले श्रीमान् नभएको मौका छोपेर आफ्नै कोठामा तीन पटकसम्म यौन दुर्व्यवहार गरेको उनको आरोप छ । यो घटना तत्कालै सार्वजनिक गर्न खोज्दा श्रोताकी श्रीमती र ‘हाई प्रोफाइल’ विद्यार्थी नेतृलगायत मिलेर सामसुम पारेको बताइन्छ ।
उनै संगीत श्रोताले ‘थालनी’ नामको पार्टी र त्यसका दुई भातृ संगठन : प्रतिरोध र पुष्पलाल ज्ञानशालामार्फत महिला हिंसाविरुद्ध चर्को आवाज उठाउन थाल्दा ती लेखिकाले श्रोताका बारे मुखकी खोलेकी हुन् ।
श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको फेहरिस्तसहित लेखिकाले श्रोता नाइके रहेको थालनी र त्यसका दुवै भातृ संगठनलाई पत्र पठाएकी थिइन् । पीडित लेखिकाले प्रतिरोधका अध्यक्ष मनोज खतिवडा, सचिव अनिता पण्डित, पुष्पलाल ज्ञानशालाका संयोजक वन्धुविक्रम क्षेत्री र प्रमोद धिताललाई पत्र पठाएकी हुन् ।
झण्डै डेढ महिनाअगाडि पीडितले पठाएको पत्रको खतिवडा र पण्डितले जवाफ पनि पठाएर यौन दुर्व्यवहारजस्तो संवेदनशील घटनालाई भित्रभित्रै थामथुम पार्न खोजेको पीडितको गुनासो छ । त्यसपछि ती लेखिकाले आफूमाथि श्रोताले अन्याय गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने शर्त राखिन् । यो शर्तपछि संगीत श्रोता मालिक रहेको बेला प्रकाशनमा जोडिएका अर्का कवि विनोदविक्रम केसी पीडित लेखिकालाई सम्झाउने काममा खटिए ।
उनले मिलाउन खोज्दा नसकेपछि धनकुमारी सुनार,वाम लेखक राजेन्द्र महर्जन,अभय श्रेष्ठ,उज्वल प्रसाई र वन्धुविक्रमलेसमेत मिलाउन कोशिश गरेको बताइन्छ ।
पीडितले ‘आधारभूत न्याय’ पाएको दाबी गरे पनि निकटस्थहरुसँग भने पीडा पोखिरहेकी छन् ।
टिप्पणीहरू