झलनाथ निवासमा सुटुक्क जनार्दन

झलनाथ निवासमा सुटुक्क जनार्दन

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागका नवनियुक्त प्रमुख लुओ जियान्छाओ एकीकृत वाम आन्दोलनका निम्ति शुभकामना दिन नेपाल आउनु अघिल्लो दिन,एक छिन अगाडि माओवादी नेता जनार्दन शर्मा एकीकृत समाजवादीका सम्मानित नेता भेट्न डल्लु पुग्नुभएको छ ।

काठमाण्डौ महानगरपालिका १५ डल्लु आवासक्षेत्र डल्लु हाइटस्थित नेकपा एसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री र पूर्व एमाले अध्यक्ष झलनाथ खनालको निवासमा दुई नेताबीच भेटवार्ता जारी छ ।

०७४ जेठ ३ गते माओवादी र एमाले मिलाउने प्रचण्ड र केपी ओलीवीचको गोप्य सम्झौतामा दुई पार्टीबाट जनार्दन शर्मा र विष्णु पौडेलको साक्षीका रूपमा हस्ताक्षर छ । आगामी मङ्ग्सिर ४ को सँघीय चुनावअगाडि विभाजित वाम पार्टीहरुलाई फेरि एक ठाउँमा ल्याउन दोश्रो तहका नेताहरुबीच छलफल चलिरहेको बेला आज भएको भेटले छुट्टै अर्थ राख्ने अनुमान लगाइएको छ ।

टिप्पणीहरू