फुडल्याण्डमा पूर्वराजाको जन्मोत्सव

फुडल्याण्डमा पूर्वराजाको जन्मोत्सव

पूर्वराजा ज्ञानेन्द्रका समर्थकले उनको जन्मोत्सवको अवसरमा आज पनि कार्यक्रम गरेका छन् । ज्ञानेन्द्रको ७६औं जन्मोत्सवको अवसरमा ‘वर्तमान परिप्रेक्ष्यमा राजसंस्थाको अपरिहार्यता’ विषयमा प्रवचनको आयोजना गरिएको हो ।

जन्मोत्सव नागरिक मूल समारोह समितिले आयोजना गरेको कार्यक्रम बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरिएको हो । प्रा. कोमल नाथ सुवेदी, राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का पूर्वमन्त्री बुद्धिमान तामाङ, सुनिल उप्रेती, गगन पाठक, बसन्त थापा, डा. रामभक्त ठाकुर, श्यामप्रसाद घिमिरे, सुदर्शन भट्टराई, प्रकाश महर्जन, बलभद्र भारती, ऋषिबाबु परियार, अस्मिता भण्डारी, सरिता तामाङलगायत राजाको आवश्यकता रहेको बताएका थिए ।

खाजा खाँदै सकिएको कार्यक्रममा झण्डै ८० जना रहेको आयोजकले बताएको छ ।

टिप्पणीहरू