गृहमन्त्री खाँण निवर्तमान कृषिमन्त्रीको घरमा
गृहमन्त्री बालकृष्ण खाँण निवर्तमान कृषिमन्त्री महेन्द्र राय यादवको घर पुग्नुभएको छ । उहाँ आज बिहान १० बजेको समयमा त्यहाँ पुग्नुभएको हो ।
जनता समाजवादी पार्टी नेता यादवको निवास भक्तपुर, निकोसेरामा उहाँहरुबीच मध्यान्हसम्म भेटवार्ता भएको हो ।
मन्त्री खाँणले यादवसँग हाल चर्चामा रहेको नागरिकता विधेयकमा सहमति हुन बाँकी विषयमा छलफल गर्नुभएको बुझिएको छ ।
टिप्पणीहरू