महत्वाकांक्षाको बाध्यकारी मिलन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अस्ति राती भएको भेटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनीहरुबीच प्रधानमन्त्रीमा आलोपालो सहमति भएको र अब देशले छिट्टै काँचुली फेर्ने भन्दै आत्मप्रशंसामा रमाउनेहरूलाई सञ्जाल रंग्याउन भ्याइनभ्याइ देखिन्छ ।
बालेन्द्र र रविको भेट,त्यहाँ भएका कुराकानी र त्यसले नेपाली राजनीतिमा पार्ने प्रभाव भविष्यले नै देखाउला । तर,भिन्न सोच,कार्यशैली र पृष्ठभूमि भए पनि महत्वाकांक्षी स्वभावका यी दुई पात्र 'लभ एण्ड हेट'को सम्बन्धमा रहँदै आएको देखिन्छ । बालेन्द्रले रविलाई कहिल्यै खुलेर समर्थन नगरेको, तर रवि भने उनीप्रति सँधै सकारात्मक रहेको ठान्नेहरू धेरै छन् । रवि गृहमन्त्री भएको बेला बालेन्द्रले फेसबुकमा लेखेका स्टाटस र रास्वपाका मान्छेका प्रतिक्रिया हेर्दा पनि त्यस्तो बुझिन्थ्यो ।
युवा आइकनका रुपमा चित्रित बालेन्द्र र विवादको पर्यायजस्तै बनेका रवि महत्वाकांक्षी पात्र हुन् । पेशाले स्ट्रक्चरल इञ्जिनियर र नेपाली र्यापमा जमिरहेका बालेन्द्र ०७९ सालमा ३२ वर्षको हुँदा काठमाडौं महानगरपालिकाको मेयर बने । काँग्रेस र एमालेजस्ता स्थापित पार्टीका उम्मेदवारलाई पराजित गर्दै राजधानी शहरको मेयर जित्नु उनका लागि आफैँमा ठूलो सफलता थियो ।
सहकारीको ७० करोडभन्दा बढी लगानी भैसकेको अवस्थामा रविले बीचमै टिभीबाट हात झिकिदिए । कारण थियो,काठमाडौँमा बालेन्द्रले मेयर जित्नु । अर्थात् काठमाडौँसहित देशभर स्वतन्त्रहरूले चुनाव जितेपछि टेलिभिजनमा रमाइरहेका उनलाई राजनीतिको चस्का पसिसकेको थियो ।
२०७८ असोज १५ गते प्रसारण थालेको ग्यालेक्सी फोरके टेलिभिजनमा व्यस्त थिए,अर्का महत्वाकांक्षी पात्र रवि । अमेरिकाबाट भिजिट भिसामा नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताका आधारमा सरकारी टेलिभिजनमा कार्यक्रम चलाउन पाएका उनी त्यता छोडेर ग्यालेक्सीतिर लागेको धेरै भैसकेको थिएन । रविकै अनुहार देखाएर ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले आधा दर्जन सहकारीको बचत झिकी ग्यालेक्सीको नाममा जुवा खेलेको केही महिनामात्र हुँदै थियो । सहकारीको ७० करोडभन्दा बढी लगानी भैसकेको अवस्थामा रविले बीचमै टिभीबाट हात झिकिदिए । कारण थियो,काठमाडौँमा बालेन्द्रले मेयर जित्नु । अर्थात् काठमाडौँसहित देशभर स्वतन्त्रहरूले चुनाव जितेपछि टेलिभिजनमा रमाइरहेका उनलाई राजनीतिको चस्का पसिसकेको थियो ।
जिबीले सहकारीको पैसा ल्याएर चलाएको ग्यालेक्सी टेलिभिजन नामको डुंगालाई रविले २ असार २०७९ मा चटक्क छाडिदिए । र, त्यसको पाँच दिन नबित्दै ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । पार्टी गठनको पाँच महिनामै चुनावमा होमिएका रविले पनि बालेन्द्रले जस्तै अप्रत्यासित नतिजा हात पारे । प्रतिनिधिसभामा प्रत्यक्ष ७ र समानुपातिक १४ सहित २१ सिट जितेर रास्वपा देशको चौथो ठूलो दल बन्यो ।
केपी ओलीकै समर्थनमा टिभीमा काम पाएका र त्यसैको आडमा राजनीतिमा स्थापित भएका उनी चुनावपछि दुई पटक गृहमन्त्री बने । तर, नागरिकता किर्ते प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एकैचोटि मन्त्री,सांसद र पार्टी सभापति पद गुमाए । त्यसपछि पुन: नागरिकता लिएका उनी २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन-२ बाट फेरि सांसद निर्वाचित भए । र, केपीकै जोडबलमा दोस्रोपटक गृहमन्त्रीको कुर्सीमा उक्लिए ।
हर्क साम्पाङले साथ दिने देखिंदैन । रविले तिरेको पौने ३ करोड बिगो-धरौटीको स्रोतमै उनले प्रश्न उठाएका छन् । श्रम संस्कृति पार्टी खोलेर आफ्नै यात्रामा रहेका उनले रास्वपालाई बाल मतलब दिइरहेका छैनन् । सुशीला कार्कीले जेठो छोरो भनेका सुदन गुरुङलाई पनि थेग्न नसक्ने अवस्था छ । आफैँ प्रधानमन्त्री बन्ने दौडमा रहेका कुलमान घिसिङले पनि निशर्त साथ दिने देखिंदैन ।
गृहमा फर्किएपछि सहकारीको ठगी काण्डबाट उम्किन हरसम्भव कोसिस गरेका रविमाथि राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोपसमेत लागेको थियो । तर, तत्कालीन प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी काण्ड छानविनको माग गर्दै संसदमा आवाज चर्काइरह्यो । एकातिर प्रतिपक्षको चर्को दबाब,अर्कोतिर सडकबाट पीडितहरूको आक्रोश- अन्तत: एमाले सांसद सूर्यबहादुर थापा क्षत्रीको नेतृत्वमा संसदीय समिति बनाउन सरकार तयार भयो । समितिले विभिन्न सहकारीको रकम अवैधानिक रुपमा निकालेर ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको निष्कर्षसहित कारवाही सिफारिस गर्यो ।
जिबी राई समूहले देशका मुख्य शहरहरूमा 'स' बाट उच्चारण शुरु हुने नामका सहकारी खोलेर गोर्खा मिडियामा रकम ओसारेको प्रकरणमा रविविरुद्ध एकपछि अर्को मुद्दा चल्न थाल्यो । २०८१ असोजमा रास्वपा मुख्यालयबाट पक्राउ परेका उनीविरुद्ध कास्की,काठमाडौँ,रुपन्देही, चितवन र पर्सा जिल्लामा दर्ता भएका सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छन् । २०८१ माघ-फागुनको बीचमा कास्की,काठमाडौं र चितवन जिल्ला अदालतबाट क्रमश: ६५, ६० र ५४ लाख धरौटीमा रिहा भएका उनलाई बुटवलको सुप्रिम सहकारी ठगीमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको थियो । १ करोड धरौटीमा छोड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै ०८१ वैशाखमा उच्चले पुर्पक्षमा पठाउने निर्णय सुनाएसँगै जेल पुगे ।
पहिले भैरहवा कारागार र पछि नख्खुमा गरी ९ महिना जेल बसेर पुस ४ गते शुक्रबार रिहा भएका रविले त्यसको तेस्रो दिन बालेन्द्रलाई भेटेका हुन् । साढे ६ घण्टा लामो कुराकानीमा रविले बालेन्द्रलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेको चर्चा भैरहेको छ । 'नाइँ मलाई त्यही केटी चाहिन्छ' को शैलीमा गृहमन्त्रीका लागि मरिहत्ते गरेका उनले किन अरुलाई प्रधानमन्त्रीमा अघि सार्दैछन् ? कारण प्रष्ट छ,अझै जेल जाने सम्भावना टरिसकेको छैन । किनभने जिल्लादेखि सर्वोच्चसम्म उनीविरुद्धका मुद्दाहरू विचाराधीन छन् । अन्तिम फैसला आउन बाँकी नै रहेको अवस्थामा रविले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न नसकेको बुझ्न सकिन्छ ।
रवि र उनका समर्थकहरूले भने तत्कालीन सरकारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको दावी गर्दै आएका छन् । पुराना पार्टीविरुद्ध नयाँहरूको गठबन्धन भन्दै बालेन्द्रसँग नजिकिएका रविको मुख्य निशानामा केपी ओली छन् । जबकि सहकारी प्रकरणमा प्रचण्ड प्रधानमन्त्री हुँदा ओलीले मैदानमै उत्रिएर बचाउ गरेका थिए । यता,बालेन्द्र पनि ओलीका कट्टर विरोधी हुँदै हुन् । यही बिन्दुमा अहिले यी दुईको मिलन भएको ठान्नेहरू पनि छन् ।
उच्च महत्वाकांक्षा बोकेका बालेनमाथि जेन-जीहरूलाई उकासेर भदौ २४ गते विध्वंश मच्चाएको आरोप छ । भर्खरका युवाहरूलाई उचालेर आफू दुला पसेको आरोप लागेका उनले ‘लुसिफर’ उपनामसमेत पाएका छन् । केपी ओलीको विरोध गर्दा फ्यानहरूको साथ पाएका उनले जेन-जी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको जिम्मा लिन आँट गरेका छैनन् । नेपाली सेनाले साथ दिँदासमेत दुलो पसेका उनलाई रविले अहिले प्रधानमन्त्रीको ललिपप देखाउनुलाई अचम्म मानिएको छ । फागुन २१ कै चुनावमा प्रधानमन्त्री बनाउने अफर सोमबारको भेटमा गरेको कुरा बाहिर आएको छ ।
रविको बाध्यता के हो भने कुनै वैकल्पिक शक्तिसँग नमिली टाउको जोगाउन सक्ने स्थिति छैन । तर, धरानका मेयर हर्क साम्पाङले साथ दिने देखिंदैन । रविले तिरेको पौने ३ करोड बिगो-धरौटीको स्रोतमै उनले प्रश्न उठाएका छन् । श्रम संस्कृति पार्टी खोलेर आफ्नै यात्रामा रहेका उनले रास्वपालाई बाल मतलब दिइरहेका छैनन् । सुशीला कार्कीले जेठो छोरो भनेका सुदन गुरुङलाई पनि थेग्न नसक्ने अवस्था छ । आफैँ प्रधानमन्त्री बन्ने दौडमा रहेका कुलमान घिसिङले पनि निशर्त साथ दिने देखिंदैन । यो स्थितिमा एकपछि अर्को मुद्दाले आफ्नो राजनीतिक भविष्य संकटमा परिरहेका बेला बालेन्द्रलाई प्रधानमन्त्रीको अफर गर्नु रविको अनिवार्य बाध्यता हो । अझ रास्वपामै भित्र्याउन सके भविष्यमा आफूलाई टक्कर दिने अर्को वैकल्पिक शक्ति नजन्मिने आंकलन गरेका उनलाई तत्काल त्यो सफलता हात लाग्ने देखिंदैन ।
रविसँग सहकार्यको हात अघि बढाउनुमा बालेन्द्रका पनि आफ्नै बाध्यता छन् । अदृश्य शक्तिको आडमा जेन–जी आन्दोलनमा हिंसा भड्काएको आरोप उनीमाथि छ । यदि अबको निर्वाचनपछि पुरानै दल शक्तिमा फर्किए भने सिंहदरबार र सर्वोच्च अदालतसहित सरकारी संरचना जल्दा रमिते बनेको प्रकरणले उनलाई छाड्ने छैन । रविको हकमा सहकारी ठगीसँगै दोहोरो राहदानी प्रकरणको तरबार टाउकोमा झुन्डिएको छ । तीब्र महत्वाकांक्षा र डरको मनोविज्ञानले यी दुईलाई एक ठाउँमा आउन बाध्य तुल्याएको कतिपयको विश्लेषण छ ।
रविलाई छुटाउने कुरामा पनि पूर्वप्रधानन्याधीश एवम् वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको ट्युनिङ मिलेको चर्चा छ ।
यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बागलुङबाट फर्केर रविलाई पोखरामा भेटेको कुरा पनि चर्चामा आएको थियो । उनकै सिफारिसमा कृष्णमान श्रेष्ठलाई निर्वाचन आयोगको सदस्य बनाउन खोजिए पनि महिलासम्बन्धी प्रकरणले तुहिएको थियो । अहिले यिनै शक्तिले रविलाई रिहा गराएर बालेनसँग मिल्ने दिशामा एकजुट गराएको दावी गर्नेहरू धेरै छन् । ०७९ को चुनावपछि राष्ट्रपतिको चर्चामा रहेका कल्याणको पक्षमा राजनीतिक जोडकोण मिलेन । त्यसपछि बिच्किएका उनले त्यहीबेलादेखि 'देखाइदिन्छु' भनेर लागेको र अहिले रवि,बालेन,कुलमानलाई जुटाउन भित्रभित्रै सक्रिय रहेको बताइन्छ ।
टिप्पणीहरू