ब्यापारीद्वारा गभर्नरलाई पाँच तारे होटलमा बोलाहट
व्यापारी तथा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि होटलमा बोलाएका छन् । उनीहरुले आज दिउँसो पौने २ बजे लाजिम्पाटस्थित होटल र्याडिसनमा बोलाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज दिउँसो आगामी मौद्रिक नीतिबारे छलफल गर्न अधिकारीलाई त्यहाँ आउन निम्तो दिएको हो । मौद्रिक नीतिलाई आफ्नो व्यवसाय अनुकूल बनाउन व्यापारी र व्यवसायीहरुले अनेक प्रयत्न गरेका छन् ।
अर्थमन्त्रालयको जिम्मेवारीसमेत लिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग त्यहि विषयमा छलफल गर्न नेपाल उद्योग परिसंघका पदाधिकारीहरु अस्ति प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आजै परिसंघको समानान्तर संगठन उद्योग वाणिज्य महासंघले सोझै गभर्नरलाई कार्यक्रममा बोलाएको हो ।
केही साताअघि आगामी मौद्रिक नीतिमाथि सुझाव दिन भनेर विभिन्न सञ्चारमाध्यमको आवरणमा पनि गभर्नरलाई बोलाएर कार्यक्रम गरिएको थियो ।
टिप्पणीहरू