आधा घण्टाको मुसलधारे वर्षाले सबैको बिजोग

आधा घण्टाको मुसलधारे वर्षाले सबैको बिजोग

काठमाडौं महानगरपालिकाको एउटा कुनोमा परेको साँझको मुसलधारे वर्षाले स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ । व्यवस्थित ढल र निकास नहुँदा एकै छिनको वर्षाले पनि काठमाडौंका सडक र टोलहरु जलमग्न हुने गरेका छन् ।

आज साँझ राजधानीको उत्तरपश्चिमको कुनोमा केहीबेर मुसलधारे वर्षा भयो । तर एक छिनपछि बालाजु, बनस्थली वरिपरिका गहिरो भूभागका सडक खोलोमा परिणत भए । बनस्थली ढुंगेधाराको सडकमा खोलो बगेपछि स्थानीयको बिचल्ली भएको थियो ।

सर्वसाधारणलाई आउजाउ गर्न मुश्किल देखिन्थ्यो । हिउँदमा धुलो उड्ने, दिउँसोको समयमा सवारी साधनको जाम हुने उक्त साँघुरो सडकमा आज बेलुकी सानोतिनो खोलो बगेको हो ।

भिडियो स्रोत : रमेश रिमालको सामाजिक सञ्जाल

टिप्पणीहरू