चिनियाँ नेतासँग परराष्ट्रमन्त्रीको रात्रिभोज काङ्ग्रेस पूर्व महामन्त्रीद्वारा बहिष्कार

चिनियाँ नेतासँग परराष्ट्रमन्त्रीको रात्रिभोज काङ्ग्रेस पूर्व महामन्त्रीद्वारा बहिष्कार

हिजो साँझ काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आयोजना गर्नुभएको ककटेल डिनरमा थुप्रै काँग्रेसी नेताको सहभागिता थियो ।

तर,रात्रिभोजमा उपस्थित भए पनि नेता तथा निवर्तमान महामन्त्री डा. सशांक कोइराला भने पार्टी हलबाट बाहिर निस्केर होटलको तल्लो भागमा अवस्थित रेष्टुरेन्टमा बसी कफी पिएर हिंडेकोमा मन्त्री नारायण खड्काले चित्त दुखाउनुभएको छ । चिनियाँ पाहुनाको छ सदस्यीय टोलीसँगै अरु काँग्रेसी नेताले हातमा मदिराको गिलास समाएर भलाकुसारी गरिरहँदा सशांक एकाएक तल ओर्लेको बताइन्छ । कफी पिउने नेतासँग अरु कोही पनि थिएनन् ।

साँझदेखि शुरु भएको उक्त भोज अबेरसम्म जारी थियो । भोजमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ्गको उपस्थिति थियो ।

त्यसैगरी नेताहरु डा. शेखर कोइराला,प्रकाशमान सिंह,सुजाता कोइराला,डा.प्रकाशशरण महत, पुष्पा भुसाल,डा. महालक्ष्मी डिना उपाध्याय,खानेपानीमन्त्री उमाकान्त चौधरी,परराष्ट्र मन्त्रालयका पूर्वकर्मचारी दिनेश भट्टराई लगायत दुई दर्जन सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू