चिनियाँ नेताद्वारा बिपी संग्रहालयको अवलोकन
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले राजधानीको सुन्दरीजलस्थित बिपी संग्रहालयको अवलोकन गरेका छन् ।
जियान्चाओसहितको ६ सदस्यीय टोली आज बिहान संग्रहालय पुगेको हो । टोलीले झण्डै ४५ मीनेट संग्रहालयमा बितायो ।
नेपाली काङ्ग्रेसका सभापति बिपी ०१५ सालमा प्रचण्ड बहुमत सहित प्रधानमन्त्री निर्वाचित भएको,चीन भ्रमणबाट फर्केको अर्को महिना राजा महेन्द्रको “कू”मा परेर यही सुन्दरीजलमा झण्डै ८ बर्ष थुनिएको तीतो यथार्थ छ ।
एमाले महासचिव मदन भण्डारी पनि चीनबाट फर्केको दुई हप्तापछि दासढुङ्गा दुर्घटनामा मारिएको अवस्था हो । प्रमुख जियान्चाओ हिजो नेपाल आएका हुन् ।
टिप्पणीहरू