चिनियाँ पाहुनालाई यसकारण काठमाडौंको भित्री भागमा लगियो

चिनियाँ पाहुनालाई यसकारण काठमाडौंको भित्री भागमा लगियो

नेपालको चार दिने भ्रमणमा हिजो बिहान काठमाडौंमा उत्रनुभएका चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज बिहान राजधानीको भित्री भागस्थित एउटा विद्यालयमा पुग्नुभयो । प्रमुखसहितको टोली काठमाण्डौ महानगरपालिका-२० को भगवतीबारीस्थित शान्ति निकुञ्ज विद्यालयमा पुगेको हो ।

चीनको ग्लोबल डेभलपमेण्ट तथा साउथ सहयोग कोषबाट सञ्चालित नेपालका हँसिला बालबालिका परियोजनाको शुभारम्भको निम्ति चिनियाँ पाहुना टोली त्यहाँ गएको बताइन्छ ।

कार्यक्रममा बोल्दै प्रमुख लिउले भविष्यका कर्णधार बालबालिकाको हितमा काम गर्न पाएकोमा चीन सरकार, चिनियाँ कम्युुनिष्ट पार्टी र चिनियाँ जनता खुशी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिका सबै उस्तै हुन् चाहे ती नेपालका होउन् वा चीनका । अहिले यहाँका बालबालिकाको अनुहारमा म हाम्रै बालबालिकाको मुहार देख्दैछु ।

कार्यक्रममा उपस्थित ऊर्जामन्त्री पम्फा भुसालले चिनियाँ सहयोगको सह्राहना गर्दै नेपाली भूमि मित्रराष्ट्र चीनको विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । चीनले यसअघि ०७२ को भूकम्पबाट भत्किएको रानीपोखरी,रत्नपार्कछेउको राणाकालीन दरवार स्कुलसमेत नयाँ स्वरुपमा बनाइदिएको छ ।

टिप्पणीहरू