काँग्रेस महामन्त्रीको प्रश्न : प्रधानमन्त्रीलाई कसले सल्लाह दिएको छ ?

काँग्रेस महामन्त्रीको प्रश्न : प्रधानमन्त्रीलाई कसले सल्लाह दिएको छ ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको गलत कार्य दोहोर्याउन नहुने भन्दै उनले विधेयक फिर्ता लिन भनेका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभामा पेश गरेको विधेयक यसअघि ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो भएको भन्दै अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ । विधेयक फिर्ता लिनपर्नेमा काँग्रेसभित्रैबाट पनि प्रधानमन्त्रीलाई चर्को दबाब बढेको छ ।

हाल अमेरिकामा रहेका महामन्त्री शर्माले प्रधानमन्त्रीलाई कसैले गलत सल्लाह दिएर यस्तो निर्णय गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । विधेयक राष्ट्रियसभामा पेश हुनु दुःखको विषय भएको भन्दै उनले जुन पार्टीको सरकार भएपनि त्यो कार्य सतप्रतिशत गलत हुने कुरामा आफू प्रष्ट रहेको बताए ।

‘ओलीको पालामा जो गलत,देउवाको पालामा पनि गलत,यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ,प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरुरी छ ।’

टिप्पणीहरू