पार्टी एउटै,केन्द्रीय समिति बैठक दुईथरि

पार्टी एउटै,केन्द्रीय समिति बैठक दुईथरि

फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक भोलिबाट दुईतिर हुँदैछ । अध्यक्ष उपेन्द्र यादव पक्षले २९ र ३० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

उक्त बैठकमा भट्टराई पक्षलाई बोलाइएको छैन । यादव पक्षले प्रारम्भमा वीरगञ्जमा बोलाएको बैठक हिजो काठमाडौंमा नै हुने जनाएको छ । यता डा. बाबुराम भट्टराई पक्षले पनि भोलि र पर्सिका दिन आफू निकट केन्द्रीय सदस्यहरूको बिस्तारित बैठक बोलाएको छ ।

उक्त बैठकमा पार्टीभित्र देखिएको अन्तर संघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ । उक्त समूहको बैठक पनि काठमाडौंमा नै हुने भनिएको छ ।यादव र भट्टराईबीच पार्टी फुटको कारण एक अर्कालाई दोष नलगाउने, मनमुटाव नगर्ने र सहज तवरले छुट्टिने सहमति यसअघि नै भएको थियो । सोहीअनुसार भोलिबाट शुरु हुने केन्द्रीय समितिको दुई वटा बैठकले फुटको औपचारिकता पाउने निश्चित देखिन्छ ।

टिप्पणीहरू