एमाले युवा संंघले भन्यो ‘भर्नेलाई भन्दा हेर्नेलाई सरम’
प्रमुख प्रतिपक्ष नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । चालक अनुमतिपत्र वितरणमा अनियमितता भएको बताउँदै संघले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।
विरोध प्रदर्शनमा सहभागी संघका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने नाममा बनाइएको अनलाइन साइट पूर्ण रुपमा नचल्ने गरेको आरोप लगाएका छन् । उनले साइट नचल्दा पुनः सर्वसाधारण बिचौलियाकोमा पुगेको उनको भनाइ छ ।
अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएकाले यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण पनि गराएका छन् । कर्मचारी र बिचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने उनको माग छ ।
युवा संघका प्रदर्शनकारीले ढुंगेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गरलगायत नारा लगाएका छन् ।
टिप्पणीहरू