चिनियाँ नेता होटल सोल्टीतिर,प्रचण्डसङ्ग वार्ता शुरु

चिनियाँ नेता होटल सोल्टीतिर,प्रचण्डसङ्ग वार्ता शुरु

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले भखरै एयरपोर्ट क्रस गरेका छन् । चिनियाँ दूतावासको आन्तरिक भेटघाट कार्यक्रम सकेर उनी होटल सोल्टीतर्फ लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ताका निम्ति उनीसहित सात सदस्यीय टोली होटल सोल्टी पुगेको छ । चिनियाँ पाहुनाको सम्मानमा अध्यक्ष दाहालले आज रात्रिभोजको आयोजना गरेका छन् ।

टिप्पणीहरू