थप दुई देशका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले थप दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । आज राष्ट्रपति भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सुशीलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू