असारभित्र परीक्षा दस्तुर लिन आग्रह

असारभित्र परीक्षा दस्तुर लिन आग्रह

प्रेस काउन्सिल नेपालले गोरखापत्र दैनिकका लागि आवेदन दिएकाहरुलाई परीक्षा दस्तुर फिर्ता लिन आह्वान गरेको छ । विज्ञापन नै रद्द भएपछि काउन्सिलले परीक्षा दस्तुर लिन आग्रह गरेको हो ।

रकम फिर्ता लिन बाँकी रहेकालाई असार मसान्तभित्र आफ्नो परिचय खुल्ने कागजातसहित काउन्सिलमा उपस्थित हुन भनिएको छ । काउन्सिलले आज जारी गरेको सूचनामा असार मसान्तपछि उक्त दस्तुर फिर्ता नहुने जानकारी गराइएको छ ।

लोकसेवा आयोगबाट अनुमति लिएर काउन्सिलले २०७६ चैत २३ गते गोरखापत्र दैनिकको निम्ति विभिन्न पदमा विज्ञापन गरेको थियो । उक्त विज्ञापनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले विज्ञापन बदर घोषित गरिदिएको हो ।

सोहीअनुसार काउन्सिलले २०७८ कात्तिक ९ गते सबै विज्ञापन रद्द गरेको जनाएको थियो ।

टिप्पणीहरू