कान्छा आरोहीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कान्छा आरोहीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको राष्ट्रिय सम्मानकासाथ आज अन्त्येष्टि गरिएको छ ।

बौद्ध धर्म परम्पराअनुसार तामाङको काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

तामाङले सन् १९७३ मे ५ मा १७ वर्ष ६ महिना १५ दिनको उमेरमा सगरमाथाको सफल आरोहण गरेका थिए । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका तामाङको ७० वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो ।

सरकारले यसअघि तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णयसमेत गरेको थियो । नेपाल पर्वतारोहण संघको स्थापना स्वर्गीय तामाङकै पहलमा भएको हो ।

टिप्पणीहरू