आज देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह
केही दिनयता मौसममा हल्का सुधार देखिए पनि आज देशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको अनुमान महाशाखाले गरेको हो ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षाका कारण पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । साथै, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले यसबाट पनि बच्न आग्रह गरिएको छ ।
टिप्पणीहरू