सञ्चय कोषलाई हाकिमसहित कर्मचारी चाहियो

सञ्चय कोषलाई हाकिमसहित कर्मचारी चाहियो

कर्मचारी सञ्चय कोषले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । सञ्चय कोषको पुल्चोक शाखाले ५५ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

खुला प्रतियोगिताद्वारा कर्मचारीको स्थायी पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको कोषले जनाएको छ । ती पदका लागि तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले अनलाइनमार्फत २१ दिनभिन्त्र आवेदन दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने छ ।

‘तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिएबमोजिमको प्रक्रिया पूरागरी अनलाइन दरखास्त फारम भर्नुपर्नेछ । झूठा विवरण उल्लेख गरी फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयम् हुनुपर्नेछ । म्यादभित्र दाखिला नभएको र रीत नपुगी भरिएका दरखास्त उपर कुनै कारवाही हुने छैन,’ सूचनामा उल्लेख छ ।

सञ्चय कोषले वरिष्ठ प्रबन्धकदेखि कार्यालय सहायक प्रशासनसम्मका लागि दरखास्त आह्वान गरेको हो । जसमा आवेदकहरुले वरिष्ठ प्रबन्धकका लागि एक हजार तीन सय, प्रबन्धकदेखि सहायक प्रबन्धकले पाँच सय र प्रमुख सहायकदेखि सहायकसम्मले तीन सय दरखास्त शुल्क तिर्नुपर्ने छ ।

टिप्पणीहरू