बालकोटबाट चिनियाँ टोली बानेश्वरमा, लञ्चपछि थप २ घण्टा छलफल

बालकोटबाट चिनियाँ टोली बानेश्वरमा, लञ्चपछि थप २ घण्टा छलफल

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओ को टोली बालकोटबाट नयाँ बानेश्वरको लागि प्रस्थान गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लञ्च मिटिङ गरेर चिनियाँ पाहुनाको सात सदस्यीय टोली अर्को भेटघाटको लागि नयाँ बानेश्वरतर्फ हिँडेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित नेताहरु भेटघाटकाे निम्ति पार्टी टोली एभरेष्ट होटल नयाँ बानेश्वर पुगेको छ । अहिले ४ बजे तोकिएको भेटघाटको निम्ति चिनियाँ पाहुनाहरु बत्तिसपुतलीस्थित हाेटल द्वारिका पुगेर एभरेष्ट हाेटल पुग्ने कार्यक्रम छ ।आज बिहान एमाले अध्यक्ष ओली र नेताहरुले साढे १० बजेदेखि चिनियाँ टोलीसँग ओली निवासमा भेटवार्ता गर्नुभएको हो । दिउँसो साढे १२ बजेदेखि झण्डै एक घण्टा त्यहिँ लञ्च व्यवस्था गरिएको हो । लञ्चपछि पनि चिनियाँ पाहुनाहरुसँग अध्यक्ष ओलीले थप दुई घण्टा कुराकानी गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू