भेटघाटमा व्यस्त चिनियाँ प्रतिनिधिमण्डल दुई घण्टा दूतावासमा
नेपालको चार दिने भ्रमणमा अस्ति बिहान काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई राजनीतिक भेटघाट भ्याइनभ्याइ छ । काठमाडौं उत्रेदेखि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका अध्यक्ष तथा नेताहरुसँग भेटघाटमा व्यस्त उक्त टोलीले केही स्थानको अवलोकन भ्रमण पनि गरेको छ ।
व्यस्त समयका बाबजूद चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओसहित आधा दर्जन सदस्य रहेको टोली हिजो एकै छिन बालुवाटारस्थित चिनियाँ दूतावास पुगेको हो । दूतावासका अधिकारीहरुसँग चिनियाँ पाहुना टोलीले दुई घण्टा बिताएको हो ।
त्यसपछि उक्त टोली सोझै ललितपुरको खुमलटार पुगेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पाहुनासहित माओवादी नेताहरु रात्रिभोजको निम्ति सोल्टी होटलमा पुग्नुएको थियो ।
टिप्पणीहरू