काँग्रेस उपसभापति पुग्नासाथ कार्यकर्ताको घरमा स्पष्टिकरण

काँग्रेस उपसभापति पुग्नासाथ कार्यकर्ताको घरमा स्पष्टिकरण

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का गृहजिल्ला पुग्नासाथ सुर्खेत जिल्लाका अधिकांश शेखर कोइराला निकट नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोधिएको छ । काँग्रेस सुर्खेत जिल्ला कमिटीले कोइराला समूहको भनेर चिनिएका जिल्लाका अधिकाँश नेता,कार्यकर्तालाई स्पष्टिकरण सोध्न थालेको छ ।

सबै पत्रको व्यहोरा एकै प्रकारको छ । पत्रमा गत स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको,निस्कृय भई बसेको आरोप लगाइएको छ ।त्यसरी गलत भूमिका निर्वाह गरेका र निस्कृय भई बसेकालाई सम्बन्धित वडा तथा पालिकाले कारवाहीको निर्णय र सिफारिस गरेको भनिएको छ । जिल्ला अनुशासन समिति, सुर्खेतका संयोजक टोपबहादुर रावलको हस्ताक्षर रहेको पत्रमा ‘आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन ? चित्तबुझ्दो जवाफसहित पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन,’ भनिएको छ ।

टिप्पणीहरू