काँग्रेसको वरियताक्रममा १ देखि ५ सम्म देउवा एक्लै

काँग्रेसको वरियताक्रममा १ देखि ५ सम्म देउवा एक्लै

नेपाली काँग्रेसले पार्टीभित्र लागु हुने नयाँ मर्यादाक्रम निर्धारणको तयारी गरेको छ । प्रस्तावित वरियता क्रमअनुसार १ देखि ५ नम्बरसम्म प्रधानमन्त्री शेरबहादुर देउवा एक्लै रहनुभएको छ ।

वरियताको एकदेखि पाँचौँ नम्बरसम्म क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था छ । यी पाँच वटै पद यतिखेर देउवाबाहेक काँग्रेसमा अरू कसैको पनि छैन ।

१२१ नम्बरसम्म वरियताक्रम निर्धारण गरेको काँग्रेसले १२० औँमा क्रियाशील सदस्य र १२१ औँमा साधारण सदस्य रहने उल्लेख छ । वरियता क्रममा उत्पन्न विवाद मिलाउन सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रम मस्यौदा तयारीको जिम्मेवारी दिनुभएको थियो ।

सोहीअनुसार आज बसेको केन्द्रीय समिति बैठकमा सह महामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलको निम्ति प्रस्तुत गरेका हुन् ।

टिप्पणीहरू