भ्रष्टाचारीले पशुको बजेट पनि छाडेनन्

भ्रष्टाचारीले पशुको बजेट पनि छाडेनन्

ललितपुरको हरिहरभवनस्थित पशुपञ्छी बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीहरुले ४७ लाख ३७ हजार ६२९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा हालेको हो ।

निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाईं र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बुले पनि भ्रष्टाचार गरेको ठहर गरिएको छ । यसैगरी व्यवस्थापक तेजमान कन्दङ्वा, कोषाध्यक्ष गणेशबहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा.लि.काठमाडौंका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि मुद्दा दायर भएको हो ।

अख्तियारले सातै जनासँग ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो दाबी माग गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत् तेह्रथुमको म्याङलुङ नगरपालिका–५, माझगाँउमा आम्फुवा पशु हाटबजार निर्माणको क्रममा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

टिप्पणीहरू