प्रधानमन्त्रीको बडिगार्ड छान्दा पहिलो नम्बर बेपत्ता(सूची सहित)

प्रधानमन्त्रीको बडिगार्ड छान्दा पहिलो नम्बर बेपत्ता(सूची सहित)

नेपाल प्रहरीका ३६ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । यो बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सुरक्षा सहायक (पिएसओ) कोमल शाहले १७ जना व्याचीलाई उछिन्दै पहिलो नम्बरको एसपी हुने मौका पाएका छन् ।

उनी २०६१ जेठ १५ गते इन्स्पेक्टरमा भर्ना भएका थिए । ०७१।११।११ को डिएसपी बढुवामा आफ्ना व्याचीभन्दा १७ नम्बर पछाडि थिए । उक्त बढुवामा सो व्याचबाट पहिलो नम्बरमा डिएसपी हुने गौतम केसी यो बढुवामा छुटेका छन् ।

यो बढुवामा अघिल्लो एसपी बढुवामा छुटेको ०५८ को टोलीले प्राथमिकता पाएको छ । पहिलो नम्बरमा बढुवा हुने देवेन्द्रबहादुर पाल २०५१/०५/१६ मा असईमा भर्ना भई २०७०/०४/०६ मा डिएसपी भएका हुन् । उनीसहित असईमा भर्ना भएका सात अधिकृतले यो बढुवामा अग्रता लिएका छन् । यद्यपि उनीहरुको जागिर अवधी थोरै छ ।

इन्स्पेक्टरमा सीधै भर्ना हुने २०५८/४/१८ का इन्स्पेक्टरमध्ये पाँचौंमा सरोज पौडेल,आठौंमा नरहरि रेग्मी छन् । त्यसपछि २०५८/९/४ का रञ्जितसिंह राठौर नवौँ नम्बरमा परेका छन् ।

दोस्रो नम्बरमा बढुवा सिफारिस हुने सीताराम रिजाल र तेस्रो नम्बरका भीमकिरण बोगटी २०५४/१२/१६ तथा चौथो नम्बरका सुनमकुमार तिमल्सिना २०५५/७/१ का असई हुँदै ०५८ मा इन्स्पेक्टरको खुला प्रतिस्पर्धामा छनौट भएका हुन् ।

टिप्पणीहरू