जसपामा कित्ताकाट : कुन नेता कता ?

जसपामा कित्ताकाट : कुन नेता कता ?

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) मा नेताहरूले आ–आफनो कित्ताकाट गरेका छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले राखेको केन्द्रीय समितिको अलग–अलग बैठकमा सहभागी भएका नेताहरुले आ–आफ्नो कित्ता ‘क्लिएर’ गरेका हुन् ।

संघीय परिषद् अध्यक्ष भट्टराईले काठमाडौंमा बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् । उपेन्द्रको वीरगञ्ज बैठकमा वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमिति सदस्य सहभागी छन् ।

दुबैतर्फको बैठक जारी छ ।

टिप्पणीहरू