गभर्नरको राजीनामा माग्दै माओवादीको जुलुश
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती माग्दै विरोध प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलामा उनीहरुले केही बेरअघिदेखि विरोध शुरु गरेका हुन् । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष पञ्चा सिंह,संयोजक पवन कार्कीलगायत चार दर्जनले एमालेको हनुमान राजीनामा दे भन्दै नारा लगाएका छन् ।
महाप्रसाद राजीनामा दे,एमाले गभर्नर राजीनामा दे,एमाले कार्यकर्ता महाप्रसादलाई बर्खास्त गर,पार्टीको झोले गभर्नरलाई बर्खास्त गर,राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने भन्दै नाराबाजी गरिएको छ ।
त्यसैगरी,गाँस राज्यको श्वास एमालेको,महाप्रसादको शैक्षिक योग्यता छानबिन गर,बढ्दो महंगी नियन्त्रण गर, महाप्रसाद अधिकारी बालकोट जा, एमालेको पाराले-दु:ख पायो साराले भनेर विरोध जनाइएको छ ।
टिप्पणीहरू